सजग रहनुहोस्–औषधी खाइरहनु भएको छ भने यी फलफुलहरुको जुस नपिउनुहोस्....
Loading...
हाल धेरै जसो मानिसहरुको भागदौड जीवन चलिरहेको छ । वर्तमान लाइफस्टाइलका कारण मानिसहरु बिमारी हुने गर्छन् ।यस्तैमा चिकित्सकहरु औषधीको साथसाथै फलफुलको जुस पिउन सल्लाह दिने गर्छन् ।
तर, विमारीले औषधी खाइरहेको अवस्थामा कस्तो फलफुलको जुस खानुपर्छ त्यसबारे ख्याल दिने काम गर्दैनन् ।केही फलफुलको जूसले औषधीसँग रियाक्शन गर्ने हुदाँ यसको नराम्रो असर शरिरमा पर्छ । औषधीको प्रयोग गरेका बखत यी फलफुलको जूस प्रयोग गर्न हुँदैन ।
१. पाइनएप्पल जूस
यदी तपाई रगतलाई पातलो बनाउने औषधी खाइरहनुभएको छ भने पाइनएप्पलको जुस पिउनु हुँदैन । पाइनएप्पलमा ब्रोमेलिन नामक यौगिक पाइन्छ जसमा ब्लड क्लटिङ औषधीको असरलाई कम गराउने गर्छ ।
२. ग्रेप (अंगुर) जूस
यदी तपाई हाइ कोलस्ट्रोल, हाइ ब्लड प्रेशर जस्ता रोगबाट पिडित हुनुहुन्छ र औषधी लिइरहनु भएको छ भने विहान नास्तामा औषधी खाने बित्तिकै ग्रेप जूस पिउनु हुदैन ।
३. एप्पल (स्याउ) जूस
स्याउको जूसले वार्फरिनजस्तो औषधीको असर कम गर्छ । यस्ता विमारी जसलाई कीमोथेरापी गरिरहेको छ वा जो विरामी एटेनोलाल जस्तो औषधीको प्रयोग गरेका छन् उनीहरुले विहान स्याउको जूस पिउन हुँदैन ।
४. क्रेनवरी जूस
यदी तपाई हार्ट अट्याक, स्ट्रोक तथा ब्लड क्लटबाट बच्नका लागि औषधी लिइरहनु भएको छ भने क्रेनवरी जुस कहिल्यै नपिउनुहोस् । क्रेनवरी जुसमा फ्लेवोनाइड पाइन्छ जसले मेटाबोलिजमलाई प्रभावित गर्ने काम गर्छ ।
५. ओरेन्ज (सून्तता जूस
यदी तपाईलाई बिहानै सुन्तलाको जूससँग औषधी खाएमा फाइदा हुन्छ भन्ने सोच्नुहुन्छ भने तपाई गलत सोच्दैहुनुहुन्छ । साइट्र फलको जूसले औषधीको असरलाई कम गर्ने गर्छ ।
नेपालीपत्र बाट
Loading...
Loading...
Labels:
HEALTH
Post a Comment