Latest Updates :
Loading...
Loading...

लोकमानको शरणमा किन परे रामशरण ? यस्तो छ भित्री रहस्य....


Loading...
SHARE THIS POST :




काठमाडौं, ९ कात्तिक । नेपाली कांग्रेसले अख्तियार प्रमुख लोकमानसिंह कार्कीविरुद्ध बुधबार दर्ता गरेको महाभियोग प्रस्ताव पारित गर्ने नगर्ने निर्णय गर्न सकेको छैन् ।

विगतमा एमालेलाई ढुलमुले पार्टी भन्दै आएको कांग्रेसले एक सातासम्म पनि महाभियोग प्रस्तावको बारेमा निर्णय गर्न सकेको छैन ।

पार्टी सभापति शेरबहादुर देउवा पार्टीबाट महाभियोगको पक्षमा निर्णय गराउने प्रयासमा छन् । तर पटक पटक अर्थमन्त्री भएर भ्रष्टाचारको आरोप लागेका डा. रामशरण महत, नेताहरु डा. नारायण खड्का, मिनेन्द्र रिजालहरु लोकमानको रक्षामा मैदानमा उत्रिएका छन् ।

डा. महतले अर्थ मन्त्रालयमा गरेका भ्रष्टाचारमा आँखा चिम्लिएको र लिटिल एन्जेल स्कुलका साहु उमेश श्रेष्ठको अकूत सम्पत्ति छानबिनको उजुरी तमेलीम राखिदिएबाफत लोकमानको बचाउ गरेको कांग्रेस नेताहरु बताउँछन् ।

अर्थमा रामशरणले आन्तरिक राजस्व विभागबाट कर फस्यौट आयोग बनाइ अरबौं कर मिनाहा गरी ५० औँ करोड घुस खाएको प्रकरणमा अख्तियारले आँख चिम्लिए बाफत उनी लोकमानको पक्षमा उत्रिएका छन् ।

दृष्टि साप्ताहिकमा समाचार छ ।

Loading...
SHARE THIS POST :
Loading...

Post a Comment

 
Support : www.glamournepal.com | www.glamournepal.net | www.tvsansar.net
Copyright © 2011. News Nepal - All Rights Reserved
Template Created by Creating Website Published by Mas Template
Proudly powered by Blogger